
काठमाण्डौं: पूर्वीनवलपरासीको हुप्केकोट गाँउपालिकास्थित धौवादी रुद्रपुरमा अवस्थित ईलाका प्रहरी कार्यालय रुद्रपुर खाली गर्न धम्की आएको छ ।
ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी नायव निरिक्षक गंगाराम कोइरीलाई प्रहरी कार्यालय खाली गर्न अज्ञात समुहको धम्की आएको कोईरीले बताएका छन् ।
युद्ध गर्ने भए तयारी गर नभए हतियारसहित चौकी खाली गर भन्दै अज्ञात समुहबाट आएको म्यासेज तत्काल जिल्ला प्रहरी कार्यालयमा खवर गरिएको कोइरीले जनाएका छन् ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक राजन ढकाल सहितको टोली इलाका प्रहरी कार्यालय रुद्रपुर तर्फ पठाइएको रानाभाटले बताए ।
टोली घटनाबारे अनुसन्धान सहित इलाका प्रहरी कार्यालयको सुरक्षा मजबुत बनाउन लागि परेको खवर आजको गोरखापत्र दैनिकमा छापिएको ।