
काठमाण्डौं: साताको पहिलो दिन आईतबार नै नेपाली बजारमा सुनको मुल्यमा बृद्धि भएको छ ।
शुक्रबारको बजार भाउको तुलनामा आइतबार सुनको मुल्य प्रतितोला ११ सय रुपैयाँका दरले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
शुक्रबार प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन तोलामा ११ सय वृद्धि भएको हो ।
आईतबार छापावाल सुन प्रतितोला ७१ हजार र तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जमनाएको छ
त्यसैगरी सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।
शुक्रबार प्रतितोला ८३५ रुपैयाँ रहेको चाँदीको मुल्य तोलामा ५ रुपैयाँ वृद्धि भएर प्रतितोला ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।