सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाग्लुङमा बागीको उम्मेदवारी फिर्ता गराउने नेकपाको प्रयास विफल

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ मा नेकपाका बागी उम्मेदवार शेरमान घर्तीको उम्मेदवारी फिर्ता प्रयास बिफल भएको छ ।

बाग्लुङ २ को प्रदेश सभामा बागी उम्मेदवारी दिएका शेरमान घर्तीलाई सत्तारूढ नेकपाले
प्रभु एअरको हेलिकप्टरमा राखेर घर्तीलाई बुर्तिवाङस्थित होटल दरबारबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइएको हो।

आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारले चाहे उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले तोकेको थियो । तर   समय सकिइसकेपछि घर्ती सदरमुकाम आइपुगेका छ्न् ।

नेकपाबाट आधिकारिक उम्मेदवार  नभएको र नेकपाले सो क्षेत्र राष्ट्रिय जनमोर्चालाई छाड्ने निर्णय गरेको थियो।

राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई नेकपाले साझा उम्मेदवार बनाएको थियो।

कात्तिक २१ गते घर्तीले बागी उम्मेदवारी दर्ता गराएका थिए।

उता घर्तीले मंसिर १४ गते हुने उपचुनावका लागि नेकपाकै दधिराम अर्याल प्रस्तावक र रिमबहादुर बिकलाई समर्थक बनाएर  उम्मेदवारी दिएका थिए ।

बिगत १२ वर्षसम्म राष्ट्रिय जनमोर्चामा भएका घर्ति बोबाङ गाविसका अध्यक्ष समेत भैसकेका छ्न् । पछि  नगरपालिकाको मेयरका लागि २०७४ सालमा चुनाव लडेका थिए।

घर्तीलाई हेलिकप्टरबाट ल्याए पनि उम्मेदवारी फिर्ता लिने समय सकिएकोले काम नलागेको स्रोतले जनाएको छ ।

उम्मेदवारी फिर्ता कसैले नलिएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिएका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एमाले बाग्मती अधिवेसन दुई दिन लम्बियो, आजवाट निर्वाचन प्रक्रिया सुरु

प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान, यस्तो छ आजको कार्यक्रम तालिका

भारतसँग सीमा जोडिएको झुलाघाट नाका बन्द

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

सरकार र आन्दोलनरत चिकित्सकबीच गृहमन्त्रालयमा वार्ता सुरु

कामपा र सामाजिक अभियन्ता ई: को टोलीबीच वार्ता सुरु

छोङछिङमा प्रधानमन्त्री प्रचण्ड

नेपाल–चीनबीच १३ बुँदे सम्झौता

प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण

विराटनगरको बिग होटेलमा कोशी प्रदेशको सुरक्षा बैठक बस्दै

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लीबीच भेटवार्ता