शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौं: प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालसंग अफगानिस्तान पराजित भएको छ ।
आईतबार बंगलादेशको ढाकामा संचालन भएको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ को सोझो सेटमा हराएको हो ।
अरुणा शाहीको कप्तानीमा पहिलो पटक मैदानमा उत्रिएको नेपालले पहिलो खेलबाट जित सुरुवात गरेको छ ।
नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग खेल्ने छ ।
प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, किर्गिस्तान, अफगानिस्तान र माल्दिभ्सको सहभागिता रहने छ ।
