
काठमाण्डौ: भारत सरकारले कालापानी र लिपुलेक क्षेत्रमा हवाई गस्ती बढाएको छ ।
भारतले सार्वजनिक गरेको नक्सामा नेपालीमुलमा सर्वत्र विरोध भइरहँदा भारतले कालापानी क्षेत्रमा सैनिक गतिविधि बढाएको हो ।
पाकिस्तानी आतंकारीको घुसपैठको बाहानामा यसअघि सो क्षेत्रमा सैनिक निगरानी बढाएको थियाे ।
सिमावर्ती बजार धारचुलामा भारतिय सेनाको पृतना तहको बेश राख्ने तयारीका साथै सेनाको संख्या र हतियार समेत थप गरि नियमित हवाइ गतिविधि बढाएको भारतीय उच्च स्रोतले बताएको छ ।
स्रोतका अनुसार भारतीय सेनाले पिथौरागढको ठूलीगाढ, धारचुलामा स्काउट बटालियन र आर्टिलरी हतियार ५५५ हाउजर ५० थान थप गरेको बताइएको छ ।
उसले धारचुलादेखि कालापानीसम्मको नियमित दैनिक गस्तीसमेत बढाएको स्रोतको दावी छ ।
जुन उसले प्रयोग गरेको इलाका नेपाली भूमि नै हो ।
गत कार्तिक ५ गते कालापानी क्षेत्रमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आइएस घुमानले निरिक्षण गरेको भारतीय सन्चार माध्यमले जनाएका छ्न ।