
काठमाण्डौः सि.के.राउत नेतृत्वको जनमत पार्टी पनि उपनिर्वाचनमा सहभागी हुने भएको छ ।
यहि मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले पनि रिक्त स्थानिय तहहरूमा उम्मेदवारी दिने भएको छ ।
पार्टीका केन्द्रीय सदस्य अब्दुल खाँका अनुसार पार्टीबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिएका छन् ।
स्थानीय तहको उपनिर्वाचनमा भाग लिनका लागि सो पार्टीले स्थानिय निर्वाचन हुने जिल्लाका सम्बन्धित गाउँपालिका र वडाहरुमा उम्मेदवारी दिनका लागि उपर्युक्त कम्तिमा तीनजना सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेर यही कार्तिक २५ गते भित्र केन्द्रमा पठाउन स्थानीय तहहरुलाई अनुरोध गरिसकेको जनाएको छ ।
सिफारिस भएका नामलाई पार्टीको केन्द्रिय समितले पारित गरी उम्मेदवार चयन गरिने तयारी रहेको छ ।
स्थानीय तहमा रिक्त पदका लागि कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार सो पार्टीले दर्ता गर्ने कार्यक्रम रहेको छ ।