सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सि.के. राउतको जनमत पार्टी पनि उपनिर्वाचनमा भाग लिँदै

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सि.के.राउत नेतृत्वको जनमत पार्टी पनि उपनिर्वाचनमा सहभागी हुने भएको छ ।

यहि मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले पनि रिक्त स्थानिय तहहरूमा उम्मेदवारी दिने भएको छ ।

पार्टीका केन्द्रीय सदस्य अब्दुल खाँका अनुसार पार्टीबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिएका छन् ।

स्थानीय तहको उपनिर्वाचनमा भाग लिनका लागि सो पार्टीले स्थानिय निर्वाचन हुने जिल्लाका सम्बन्धित गाउँपालिका र वडाहरुमा उम्मेदवारी दिनका लागि उपर्युक्त कम्तिमा तीनजना सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेर यही कार्तिक २५ गते भित्र केन्द्रमा पठाउन स्थानीय तहहरुलाई अनुरोध गरिसकेको जनाएको छ ।

सिफारिस भएका नामलाई पार्टीको केन्द्रिय समितले पारित गरी उम्मेदवार चयन गरिने तयारी रहेको छ ।

स्थानीय तहमा रिक्त पदका लागि कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार सो पार्टीले दर्ता गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

आलेख– घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर