सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

डा. सि.के. राउत मंगलबार नेपालगन्ज जाँदै

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जनमत पार्टीका अध्यक्ष डा. सिके राउत अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रमको लागि कार्तिक २६ गते मंगलबार नेपालगन्ज जाने भएका छन् ।

पार्टी कार्यकर्तासँग अन्तरक्रिया तथा भेटवार्ता गरी राउत सोही दिन राजधानी हुँदै जनकपुर फर्कने कार्यक्रम रहेको सो पार्टीका केन्द्रिय सदस्य इरफान अहमद शेषले जानकारी दिए ।

स्वतन्त्र मधेस गठबन्धनको माग गर्ने सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ ले पूर्वी तथा मध्य तराइका विभिन्न जिल्लाहरूमा संगठन निर्माण अभियानका रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै  आइरहेको छ ।

तराइका हरेका जिल्लामा रहेको गठबन्धनलाई समेत पुनर्गठन गरी नयाँ समिति बनाएको सो पार्टीले मधेशमा आफ्नो उपस्थिति जनाउन अन्तरक्रिया तथा कार्यकर्ता भेटघाटलाई तिब्र पारेको छ ।

गत शाल फाल्गुनमा सरकारसँग भएको सहमतिसँगै नयाँ पार्टी गठनको औचित्यका बारेमा जनतालाई जानकारी दिन उनीहरुको सुझाव संकलन गर्न नेताहरु गाउँ अभियानमा खटाएको सो पार्टीले मंसिर ७ गतेको खुलामञ्चमा हुने आमसभालाइ भब्य बनाउन देश दौडाह कार्यक्रम जारी राखेको सो पार्टीका केन्द्रिय सदस्य इरफान अहमद शेष बताउँछन् ।

मधेशमा बैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने अभियान चलाएको सो पार्टिले अन्य कुनै पार्टीको दुकान (पसल) नै बन्द गर्ने भन्दै संगठन निर्माणलाइ तिब्र पारेको शेषको दावी छ ।

नेता शेषका अनुसार डाक्टर राउत अहिले पूरै मधेश दौडहामा रहेको समेत बताएका छन् । पूर्वको सबै जिल्लामा यस्ता अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्दै हाल पश्चिम मधेश तिरको कार्यक्रममा राउत केन्द्रित रहेको बताए ।

मधेशमा अवको विकल्प जनमत पार्टी रहेको भन्दै नेता शेषले हालसम्म मधेशलाइ ठग्ने खाने काम मात्र हुँदै आएकोले अब त्यस्ता खाले नेता वा कुनै पनि पार्टीको दुकान (पसल) मधेशमा नचल्ने दावी गरेका छन् ।

काठमाण्डौंमा हुने मंसिर ७ गतेको आमसभा पछि जनमत पार्टीले सबै जिल्लामा आमसभाहरु आयोजना गर्ने र मधेशलाइ हमेशा ठग्ने खाने नेता-पार्टीहरुको भन्डाफोर गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

रास्वपाको सचिवालय बैठक बस्दै

एमालेद्धारा २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ: सभापति थापा

जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली

रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनित

श्रम संस्कृति पार्टीमा सुदन किरातीको इन्ट्री, उपाध्यक्षसहित १५ केन्द्रीय सदस्य पाउने सहमति