सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विभिन्न आयोगका प्रमुखहरूको नियुक्ति गर्ने सचिवालय बैठकको निर्णय

२०७६ कार्तिक २५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको बैठकले विभिन्न आयोगका प्रमुखको नियुक्ति गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

सोमबार बिहान बसेको सचिवालय बैठकले अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन गरेको हो ।

बैठकले अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकायलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैगरी केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन् ।

केन्द्रीय सल्लाहकारको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ट नेता झलनाथ खनाल, महासचिव बिष्णु पौडेल, नेताहरू माधव कुमार नेपाल, बामदेब गौतम, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री राम बहादुर थापा, प्रबक्ता नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार पार्टीका विभिन्न विभागमा रिक्त पदहरूमा चयन प्रकृयाका बारेमा छलफल भइ सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

कमजोरी स्वीकार्दै जनतासमक्ष प्रस्तुत हुन उपाध्यक्ष पौडेलको आग्रह

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छः पूर्वकार्यवाहक सभापति खड्का