सदाबहार खबरको रफ्तार ....
बैसाख १७, २०८१ सोमबार
April 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रचण्ड फकाउन प्रधानमन्त्री ओली खुमलटार पुगे

२०७७ पुष ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न उनको निजी निवास खुमलटार पुगेका छन् ।

केहि समयदेखि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला थामथुम पार्ने उदेश्यले प्रधानमन्त्री ओली दाहाल भेट्न खुमलटार पुगेको स्रोतको दाबी छ । ब्रेकफाष्ट मिटिङको नाम दिए पनि पार्टीभित्रको आन्तरिक किचलोको मुख्य विषयमा छलफल हुने जनाइएको छ ।

संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता गर्ने गत बुधबारको अध्यक्षद्वयबीच भएको सहमति पालनामा प्रधानमन्त्रीले आलटाल गरेको भन्दै दाहाल रिसाएपछी उनलाई फकाउन प्रधानमन्त्री ओली पूर्ण सुरक्षाका साथ त्याहाँ पुगेका हुन् ।

 प्रधानमन्त्री ओली खुमलटार पुग्नु अगावै पार्टी महासचिव विष्णु पौडेल भने बिहानै प्रचण्ड निवास पुगिसकेका थिए ।

गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव ल्याएपछि त्यसको जवाफमा ओलीले पनि मंसिर १३ गते आफ्नो प्रतिवेदन सचिवालयमा पेश गरेयता नेकपा विवाद उत्कर्षमा पुगेको छ । ओलीको खुमलटार भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट

राष्ट्रपतिबाट जारी भयो लगानी सहजीकरणसम्बन्धी अध्यादेश

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

जादाजादै कतारका अमिरले भनेः आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !

भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक : राष्ट्रपति

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज

राष्ट्रपति पौडेल र कतारका अमिर थानीबीच भेटवार्ता

काठमाडौँ आइपुगेका कतारका अमिर थानीले आज के के गर्दैछन् ?

कतारका अमिर थानीलाई २१ तोपको सलामी

काठमाडौंमा कतारका अमिर शेख (प्रत्यक्ष प्रसारण)

कतारका अमिर थानी काठमाडौँ आइपुगे