काठमाण्डौः स्वतन्त्र राष्ट्रिय अभियान नेपालले इण्डियन चलचित्र, गीत संगीत समीक्षा तत्काल बन्द गर्न माग गरेको छ ।
नेपालको सार्वभौमिकता तथा अखण्डता प्रति पटक-पटक जाँच पुर्याउँदै आएको सँधियार शत्रु राष्ट्र इन्डियाको नेपाल प्रवृत्तिप्रति जानेर वा नजानेर अझैपनि प्रकारान्तरमा स्वीकार गर्ने प्रवृत्ति सञ्चारमाध्यमहरूमा देखिएको भन्दै उक्त अभियानले बन्द गर्न माग गरेको हो ।
स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक एवं अधिवक्ता स्वागत नेपालले सोमबार पत्र जारी गरी यस्तो माग गरेको हो ।
साथै उक्त अभियानले तत्कालै इण्डियन चलचित्रहरु ४८ घण्टाभित्रमा बन्द नगरेमा हुने कारवाहीको क्षति आफैँ व्यहोर्नुपर्ने समेत सो पत्रमा उल्लेख गरिएको छ ।
स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपालले जारी गरेको पत्र जस्ताको तस्तैः

