सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जव डा. केसी लिन गएको हेलि रित्तै फर्कियो र प्रशासनमा यसरी शुरु भयो गलफती (भिडियो सहित)

२०७६ कार्तिक २५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: सरकारले अनसनरत डा गोविन्द केसीलाई काठमाडौँ ल्याउन नसक्ने अबस्था सृजना भएको छ ।

डडेल्धुरामा गत कार्तिक १८ गते देखि अनसनरत डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि सरकारले काठमाण्डौ ल्याउने प्रयास बिफल भएको हो ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार डा.केसिका समर्थकले काठमाडौँ लैजान नदिने भन्दै सोमबार डडेलधुरामा प्रदर्शन गरेपछि उनलाई थप उपचारको लागि राजधानी लग्न नसकिएको बताए ।

सोमबार बिहानै डा केसीलाई लिन सुर्खेतबाट डडेल्धुररा पुगेको सेनाको हेलिकप्टर पुन: सुर्खेत फर्केको स्रोतले बताएको छ ।

उता डडेल्धुरामा अनसनरत डा केसीलाई सरकारले अपहरण शैलीमा उठाउन लागेको भन्दै उनका समर्थनले डडेल्धुरामा प्रदर्शन तिब्र पारेका थिए ।

समर्थकहरुले सडकमा टायर बाल्नुका साथै सवारी आवतजावत समेत ठप्प पारेका थिए ।

तर अस्पतालका मेसु डा. जितेन्द्र कंँडेलले डा केसीको स्वास्थ्य अवस्था निकै जटिल भएकोले रिफर गर्न खोजिएको तर बिरोध पश्चात् सो कार्य असम्भव भएको बताएका छ्न् ।

स्वास्थ्य मन्त्रालयले डा केसिको उपचारको लागि सोमबार नै वीर अस्पताल र त्रिवि शिक्षण अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन गरिसकेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोली सार्वजनिक, को-को परे?

प्रधानमन्त्री दाहाल सात दिने चीन भ्रमणमा जाँदै, यस्ता छन् कार्यक्रम (सूची)

आन्दोलनरत शिक्षकलाई गगन थापाको आग्रह– विधेयकमा संसद्‌बाटै परिमार्जन गरिनेछ, आन्दोलनको स्वरुप परिवर्तन गर्नोस्

सरकार र शिक्षकका प्रतिनिधीबीच गृहमन्त्रालयमा वार्ता जारी

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री स्टोरेबीच भेटघाट

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्री पेम्पोओबीच भेटघाट

राप्रपा नेपालकाे बिराेध प्रदर्शनबाट दर्जन नेता पक्राउ

महाधिवेशनमा आफूलाई साथ दिएको भए सफलता मिल्ने थियो : डा. शेखर

आयरल्याण्डमा सभामुख घिमिरेको भेटघाट सुरु, सिनेट अध्यक्षसँग भेट

संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश

प्रधानमन्त्री दाहाल र श्रीलङ्काका राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता