काठमाण्डौं: बंगलादेशमा दुई रेल एक आपसमा ठोक्किदा १६ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान ढाका-छटोग्राम रुट चल्ने मन्दबागमा दुई रेल एक आपसमा ठोकिएर दुर्घटना हुँदा रेलमा सवार सयौं यात्रुहरु घाइते भएको बंगलादेशी स्थानिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मृतकहरु मध्ये ८ जनाको बंगलादेश अनुसन्धान प्रहरी ब्यूरोले फिंगर प्रिन्ट मार्फत मृतकको पहिचान भएको र बाँकिको सनाखत नभएको जनाएको छ । साथै मृत्यु हुने सबै बंगलादेशी नागरिक भएको न्युज बंगलादेशले जनाएको छ ।
दुर्घटना हुने दुई रेल मध्य तुर्ना निशीथा ट्रेनले सिंग्नल उल्लंघन गरी उड्यन एक्सप्रेसलाई ठक्कर दिएको बंगलादेशि संचार माध्यामहरुले जनाएको छ ।
उक्त घटना छानबिन गर्न तीन सदस्यीय सरकारी छानबिन समिति समेत गठन गरिएको बताईएको छ ।
