सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै डा. केसीले तोडे नवौं दिनमा अनसन

२०७६ कार्तिक २६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: चिकित्सा क्षेत्र सुधारको लागी विभिन्न सात सुत्रिय मागहरु अघि सारी सत्याग्रह थालेका डा. गोविन्द केसीले अनतत: अनसन तोडेका छन् ।

कार्तिक १८ गते देखि डडेल्धुरामा अनसन सुरु गरेका डा. केसीले मंगलबार ९ औ दिनमा ४ वर्षिय बालिकाको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

भारत सरकारले हालै सार्वजनीक गरेको राजनैतिक नक्सामा नेपाली भुमी भारतले समेटेको विषयले चिन्तित रहेको उल्लेख गर्दै मंगलबार केसीले अपरान्ह  पौने ५ बजे अस्पतालमा अनसन तोडेका छन् ।

राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं, डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि हाम्रो लडाइँ जारी रहने तथा सरकारले हाम्रा माग पूरा नगरेको खण्डमा पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने भन्दै डा. केसिले पुन: अनसन बस्न सक्ने संकेत गरेका छन् ।

यसैविच डा. गोविन्द केसीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिलाई सम्बोधन गरी एक पत्र लेखी नेपालमा आफु स्वास्थ्य शिक्षा क्षेत्र सुधारका लागि सत्याग्रह अभियानमा रहेको बेला भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्म भूभाग भारतमा समेटीएको समाचारले अरु नेपाली नागरिक जस्तै म पनि स्तब्ध छु भन्दै नेपाली भूमिको अतिक्रमण तत्काल बन्द गरी हालै सार्बजनिक भारतको नक्सा समेत सच्याउन आग्रह गरेको छन् ।

डा. गोविन्द केसीले भारतिय प्रधानमन्त्रीलाई लेखेको पत्र:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान