काठमाण्डौं: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवर पक्राउ परेका छन् ।
मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउने क्रममा राजमार्गमा गोरुगाडालाई ठक्कर दिएपछि भट्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कुँवरले चलाएको से १ ब १२९७ नम्बरको मोटरसाइकलले गौरीगंगा-१० टीकाराम चौधरीको गोरुगाडालाई टक्कर दिँदा गोरुगाडा अनियन्त्रित भई पल्टदा गाडामा सवार ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
घाईते चारै जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ भने स्वकीय सचिव कुँवरले चलाएको मोटरसाईकल नचल्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
