सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महामन्त्री पूर्ण बहादुर खड्का काँग्रेसको चुनावी कमाण्डर तोकिए

२०७६ कार्तिक २६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्कालाई आगामी मंसिर १४ गते हुने उप निर्वाचनको चुनावी कमाण्डरको जिम्मेवारी तोकेको छ ।

देउवा निवाश बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले उपनिर्वाचनको चुनावी अभियानलाई सशक्त बनाउन केन्द्रमा महामन्त्री पूर्ण बहादुर खड्कालाई केन्द्रिय संयोजन गर्ने जिम्मेवारी दिएको हो ।

महामन्त्री खड्काको संयोजनमा अव उपनिर्वाचन हुने सम्बन्धित जिल्लाहरूमा चुनावी रणनीति बन्नेछन् । महामन्त्री खड्काले पार्टीले जिल्ला जिल्लामा निर्वाचनलाई लक्षित गरेर प्रचार समिति तथा उपसमितिहरू बनाएको र उम्मेदवारसहित घरदैलो कार्यक्रम समेत शुरु भइसकेको र अव केन्द्रबाट चुनावका लागि केन्द्रिय प्रतिनिधि तोकेर पठाइने बताए ।

उपनिर्वाचन हुने ३७ जिल्लामा काँग्रेसले जिल्लासँगको समन्वयमा आवश्यकता अनुसार शीर्ष नेताहरूलाई समेत जिल्ला उतार्ने रणनीतिका साथ काम गरिरहेको बताएको छ ।

पार्टीले सबै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई उपनिर्वाचन हुने जिल्लामा प्रचार प्रसार तथा निर्वाचन लक्षित सबै कार्यक्रममा सहभागी हुन निर्देशन दिइसकेको छ ।

हाल काँग्रेस केन्द्रले जिल्लामा जाने नेताहरूलाई नयाँ नियम पनि बनाएको छ । उम्मेदवार र स्थानीय काँग्रेसले जुन नेतालाई बोलाउँछ त्यो नेता केन्द्रको अुनमति लिएर मात्र उप निर्वाचन हुने जिल्लामा जान पाउने नियम कांग्रेसले बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गगन थापाकाे प्रस्ताव – कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाऔं, समाजवादी मोर्चालाई सरकार चलाउन दिऔं

नेपालमा कम्युनिष्ट पार्टी बाहेक कुनै पार्टीले देश हाँक्न सक्दैन : नेता नेपाल

देशमा देखिएका संकटको समाधानका लागि गम्भीर कदम चाल्न प्रधानमन्त्रीलाई नेकपा एसले बुझायो ध्यानाकर्षण (पत्र सहित)

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

सरकारले उच्चस्तरीय आयोग नबनाएसम्म संसद् चल्न नदिने एमालेको चेतावनी

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी

काङ्ग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिदैछः उदय शम्शेर

कर्णाली एमालेः अध्यक्षका दुइ दाबेदारले उम्मेदवारी फिर्ता लिए

एमाले कर्णाली अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमाले बाग्मतीको अध्यक्षमा ढुंगेल निर्वाचित, एक मतले नवराज सिलवाल बिजयी

एमाले कर्णाली प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

एमाले बागमती प्रदेशको मतपरिणाम आजै आउने