सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महामन्त्री पूर्ण बहादुर खड्का काँग्रेसको चुनावी कमाण्डर तोकिए

२०७६ कार्तिक २६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्कालाई आगामी मंसिर १४ गते हुने उप निर्वाचनको चुनावी कमाण्डरको जिम्मेवारी तोकेको छ ।

देउवा निवाश बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले उपनिर्वाचनको चुनावी अभियानलाई सशक्त बनाउन केन्द्रमा महामन्त्री पूर्ण बहादुर खड्कालाई केन्द्रिय संयोजन गर्ने जिम्मेवारी दिएको हो ।

महामन्त्री खड्काको संयोजनमा अव उपनिर्वाचन हुने सम्बन्धित जिल्लाहरूमा चुनावी रणनीति बन्नेछन् । महामन्त्री खड्काले पार्टीले जिल्ला जिल्लामा निर्वाचनलाई लक्षित गरेर प्रचार समिति तथा उपसमितिहरू बनाएको र उम्मेदवारसहित घरदैलो कार्यक्रम समेत शुरु भइसकेको र अव केन्द्रबाट चुनावका लागि केन्द्रिय प्रतिनिधि तोकेर पठाइने बताए ।

उपनिर्वाचन हुने ३७ जिल्लामा काँग्रेसले जिल्लासँगको समन्वयमा आवश्यकता अनुसार शीर्ष नेताहरूलाई समेत जिल्ला उतार्ने रणनीतिका साथ काम गरिरहेको बताएको छ ।

पार्टीले सबै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई उपनिर्वाचन हुने जिल्लामा प्रचार प्रसार तथा निर्वाचन लक्षित सबै कार्यक्रममा सहभागी हुन निर्देशन दिइसकेको छ ।

हाल काँग्रेस केन्द्रले जिल्लामा जाने नेताहरूलाई नयाँ नियम पनि बनाएको छ । उम्मेदवार र स्थानीय काँग्रेसले जुन नेतालाई बोलाउँछ त्यो नेता केन्द्रको अुनमति लिएर मात्र उप निर्वाचन हुने जिल्लामा जान पाउने नियम कांग्रेसले बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

चुनावपछि पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

रास्वपाको महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

मदन–आश्रित स्मृति दिवस मनाउन एमालेमा तयारी बैठक

कांग्रेसभित्र कसैलाई पक्षपात हुँदैनः महामन्त्री घिमिरे

नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन सकेनः नेता थापा

कांग्रेसद्वारा २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी

जनतालाई न्याय गर्न अध्यादेश ल्याउनुपरेको होः रास्वापा नेता पराजुली

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको होः संयोजक दाहाल