
काठमाण्डौ: समाजवादी पार्टी सरकारबाट बाहिरीने लगभग तयारीमा रहेको छ ।
समाजबादीले संविधान संशोधनको सहमति कार्यान्वयन नहुने अबस्था सृजना भएको भन्दै चुनौती दिदै सरकारबाट बाहिरिने तयारी गारिरहेको एक उच्च स्रोतले बताएको छ ।
सो पार्टीका वरिष्ठ नेता अशोक राईले सरकारबाट बाहिरीने विषयमा ३० कात्तिकमा निर्णय हुने जानकारी दिएका छ्न् । सरकारलाई कस्तो चुनौती दिने भन्ने सोही दिन तय हुने बताइएको छ ।
गत बर्ष जेठ १८ मा उपप्रधान एवं स्वास्थ्य मन्त्रालय र राज्य मन्त्रालय सहित वर्तमान सरकारमा समाजवादी सहभागी भएको थियो । संविधान संशोधनको मुल एजेन्डा अघि नबढाएको भन्दै समय समयमा सरकार छोड्न भन्दै आएको छ।
वरिष्ठ नेता राईका अनुसार कात्तिक २८ गते समाजवादी पार्टी संघीय परिषद्को बैठकले मुख्य एजेन्डा सरकार छाड्ने विषय उठान गर्ने बताएपनि कार्तिक ३० गते सरकार छाड्ने विषयमा निर्णय हुने उनले जानकारी दिएका छ्न ।
समाजवादीका उपाध्यक्ष डा. शिवजी यादवले कात्तिक २९ र ३० मा बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टीभित्र तत्काल सरकार छाडेर संघर्षमा जान नेतृत्वलाई दबाब बढिरहेकाले परिषद् र केन्द्रीय समितिको बैठकबाटै सरकार छोड्ने आधिकारिक निर्णय हुने बताएका छ्न ।
प्रधानमन्त्रीलाई संविधान संशोधनको सहमति पालना गर्न अल्टिमेटम दिएर मात्रै सरकारबाट निस्कने उपाध्यक्ष यावले बताएका हुन् ।
समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) पार्टीबीच एकता भएपनी सरकारबाट बाहिरिनुपर्न धारण राजपाले अघि सारेको देखिन्छ ।
दुईबुँदे सहमति मार्फत नेकपा अध्यक्षद्वय र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच गत बर्ष १८ जेठमा संविधान संशोधनको प्रक्रिया अघि बढाइने उल्लेख गर्दै सहमती भएको थियो।
उता डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग एकता अघि नै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आफैँ उपप्रधान तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिदै १७ महिनाअघि बर्तमान सरकारको नेतृत्वमा थिए । संसदमा समाजवादीले १६ सिट ल्याएको थियोे ।
समाजवादी पार्टीले भने प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनगर्ठनको तयारी गरिरहेका बेला सरकार छोड्ने तयारी गरिरहेको स्रोतले बताएको छ । उक्त पार्टीलाई सरकार छाड्न प्रधानमन्त्रीले कुनै दबाब भने दिएका छैन्नन ।
त्यस्तै प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयमा विभागीय मन्त्रीसँग परामर्श बिना सिधै हस्तक्षेप गरि पदपुर्ति गर्ने गरेकोले यादव प्रधानमन्त्रीसँग रुष्ट रहेका छ्न ।
करिब १९ महिनाको अवधिमा स्वास्थ्य मन्त्रालयमा ६ जना सचिव परिवर्तन हुनु यादवको अर्को असन्तुष्टि रहेको उनका निकट स्रोतले जनाएका छ्न् ।