
काठमाण्डौ: प्रतिबन्धित नेकपा बिप्लप समुहले पनि उपनिर्वाचनमा भाग लिने भएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्को नेकपाले मंसिर १४ गते हुने उपनिर्वाचनको प्रतिस्पर्धामा तत्कालीन माओवादीको आधार इलाका रोल्पाको थवाङमा विप्लवले निर्वाचन लड्ने भएको हो ।
सो क्षेत्रमा नेकपा बिप्लपले स्वतन्त्र उम्मेदवारी दिएको स्रोतले जनाएको छ ।
रोल्पास्थित थवाङ वडा नम्बर १ को अध्यक्षका लागि नेकपाले जनकबहादुर बुढा, नेपाली कांग्रेसका कमल रोका र विप्लवको तर्फबाट भद्रबहादुर झाँक्रीले स्वतन्त्र उम्मेदवारी दिएको बताईएको छ ।
गत असारमा थवाङ गाउँपालिका वडाअध्यक्ष फर्कबहादुर बुढाको निधन पश्चात् सो ठाँउमा स्वतन्त्र उम्मेदवारी दिएका छ्न् ।