काठमाण्डौः प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका एक विद्यार्थी नेताद्धारा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् ।
पार्टीको नीति र कृयाकलाप चित्त बुझ्दो राम्रो नभएको भन्दै ईश्वरपुर नगरपालिका–५ नरेशखोरका २२ वर्षीय राजीव महतोले बुधबार आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
एक वर्षदेखि विप्लव समूह निकट अखिल क्रान्तिकारीका जिल्ला सदस्यको जिम्मेवारीमा रहेर काम गरेका महतोले आत्मसमर्पण गर्न जिल्ला प्रशासन कार्यालय पुगेको बताएका छन् ।
यसैबिच जिल्ला प्रहरी कार्यालय सर्लाहीले आत्मसर्पण गरेका महतोसँग आवश्यक कानूनी प्रक्रिया पुरा गरी छाडिएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन् ।
