सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजधानीमै शुरू भयो चीनविरोधी प्रदर्शन

२०७६ कार्तिक २८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: चिनियाँ स्वतन्त्र नागरिक समुहले राजधानीको ठमेलमा चीन विरोधी प्रदर्शन गरेका छन् ।

नेपालको उत्तरी खण्डमा चिनियाँ अतिक्रमण बढेको भन्दै एक दर्जन युवाहरूको समुहले ब्यानर सहित चीनविरोधी प्रदर्शन गरेका हुन् ।

“अवैध चिनियाँ नागरिक आफ्नो भूमि फर्क” (illegal Chinese Go Back) लेखिएको व्यानर सहित बुधबार ठमेलमा भेला भइ उनीहरूले चीन बिरोधी प्रदर्शन गरेका थिए ।

बुधबार मध्यान्ह स्वतन्त्र नागरिक समूहको ‘प्ले कार्ड’ बोकेका युवाहरुले उत्तरी सिमानामा पर्ने थुप्रै नेपाली भूभाग मिचेको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले हुम्लाको भाँगदारे खोलामा ६ हेक्टर, कर्णालीमा ४ हेक्टर, रसुवाको सन्जेन खोलामा ७ हेक्टर जमिन चीनले मिचेको भन्दै प्ले कार्ड समेत बोकेका थिए ।

चीनले नेपालको भुर्जुग खोलामा १ हेक्टर, लेम्दे खोलामा १ हेक्टर, जबमु खोला ३ हेक्टर, सिन्धुपाल्चोकको खराने खोलामा ७ हेक्टर, भोटेकोशीमा ४ हेक्टर, समजुँग खोलामा ३ हेक्टर, काम खोलामा २ हेक्टर र संखुवासभाको अरुण नदीमा ४ हेक्टर जमीन कब्जा गरेको उनीहरूको आरोप रहेको छ ।

चीनियाँले सीमानाका मात्र नभइ व्यवसायमा समेत हस्तक्षेप गरेको उनीहरुले आरोप लगाएका छन् ।

नापी शाखाले जारी गरेको प्रमाणको आधारमा विरोध गरेको भन्दै नेपालको उत्तरी ४ जिल्लाको सीमामा पर्ने ३६ हेक्टर भूभाग मिचेकोमा पनि उनीहरुको आपत्ति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या