सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

२ सय ८१ उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

२०७६ कार्तिक २८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि ४८ पदमा २ सय ८१ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको हो ।

स्थानीय तहमा रिक्त रहेका विभिन्न ४८ पदहरूमा उपमहानगरपालिकाको प्रमुख-१, गाउँपालिकाका अध्यक्ष-३, गाउँपालिकाका उपाध्यक्ष-१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष-४३ रहेका छन् ।

उम्मेदवारी दिनेहरूमध्ये राजनीतिक दलका २१७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको आयोगले जनाएको छ । मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको संख्या २६ जना रहेको छ।

निर्वाचन कार्यतालिका अनुसार बिहिवार आज उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जब फेवातालमा डुङ्गा पल्टियो…

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

पाँच दशकदेखि प्रकृति संरक्षणमा सक्रिय नेपाली सेना सम्मानित

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन