
काठमाण्डौः आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि ४८ पदमा २ सय ८१ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगका अनुसार ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको हो ।
स्थानीय तहमा रिक्त रहेका विभिन्न ४८ पदहरूमा उपमहानगरपालिकाको प्रमुख-१, गाउँपालिकाका अध्यक्ष-३, गाउँपालिकाका उपाध्यक्ष-१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष-४३ रहेका छन् ।
उम्मेदवारी दिनेहरूमध्ये राजनीतिक दलका २१७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको आयोगले जनाएको छ । मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको संख्या २६ जना रहेको छ।
निर्वाचन कार्यतालिका अनुसार बिहिवार आज उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।