
काठमाण्डौ: प्रधानमन्त्रीको पहलमा संवैधानिक आयोगका रिक्त ५० पद नियुक्ति हुने भएको छ ।
प्रधानमन्त्री ओलिले बुधबार प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष प्रचण्डसँग छलफल गरेको स्रोतले बताएको छ ।
त्यस्तै आयोगको नियुक्तिबारे ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेको नेकपा उच्च स्रोतले जनाएको छ ।
अबको एक हप्ताभित्र सहमति गरेर आयोगहरुको रिक्त पदहरुमा नियुक्ति दिने नेताहरुबिच सैद्धान्तिक सहमति बनिसकेको स्रोतको दावी छ ।
अख्तियार दुरुपयोग अनुसन्धान अायोगमा नेकपा र नेपाली काँग्रेस दुवैले दावी गरेका छ्न्।
उपनिर्वाचन सकिएपछि आयोगहरुमा नियुक्तिको तयारी भएको छ भने निर्वाचन आयोग,प्राकृतिक वित्त आयोग, मधेशी, थारु, मुस्लिम, समावेशी आयोगमा पद रिक्त रहेका छ्न् ।
त्यस्तै खालि पदहरुमा सत्तारुढ दल नजिक रहेका दलहरुको दौडधुप चलिरहेको देखिन्छ ।
प्रत्येक संवैधानिक आयोगमा अध्यक्ष र चार सदस्यको संविधान बमोजिम नै व्यवस्था गरिएको छ ।
हेर्नुस पद रिक्त भएका आयोगहरु:
आयोग संख्या
अख्तियार २
निर्वाचन २
प्राकृतिक वित्त ५
मधेशी ४
थारु ४
मुस्लिम ४
समावेशी ४
महिला ५
आदिवासी ५
जनजाति ५
दलित ५
सत्य निरुपण ५
वेपत्ता ५