सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाली भू-भाग अतिक्रमण नगरिएको चीनीया दुतावासको स्पष्टोक्ति (विज्ञप्ती सहित)

२०७६ कार्तिक २८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतीय पक्षले सार्वजनिक गरेको एकतर्फी नक्साको बिषयमा पहिलोपटक चीनले औपचारिक प्रतिक्रिया जनाएको छ ।

नेपालस्थित चिनियाँ दुतावासले बिहीबार साँझ जारी गरेको विज्ञप्तीमा चीनले कालापानी क्षेत्रको सीमा विवाद नेपाल र भारतबीचको मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यमबाट सुल्झाउनुपर्ने बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, कालापानी क्षेत्रको सीमा विवादलाई नेपाल र भारतबीचको मित्रवत् परामर्श र वार्ताबाट समाधान खोज्नुपर्ने बताएको छ । साथै उसले नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको चीनले सधैं सम्मान गर्ने समेत जनाएको छ ।

भारतले पछिल्लो समय जारी गरेको नयाँ नक्सामा नेपालको कालापानि लिम्पियाधुरा लगायतका भूमि आफ्नोतिर पारेपछी नेपालमा त्यसको सर्वत्र विरोध भइरहेको छ ।

दूतावासका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा चीनले पनि नेपाली भू-भाग अतिक्रमण गरेको भन्दै गरिएको दाबी आधारहीन भएको उसको भनाइ छ ।

‘यी आरोपहरू आधारहीन हुन् र सही र गलतबीच पूर्णत भ्रम सिर्जना गरी मानिसको ध्यान अन्यत्रै मोड्ने उद्देश्य देखिन्छ’ भनिएको छ ।

भारतको पछिल्लो कदमको बिरोधमा कूटनीतिक पहल गर्ने विषयमा नेपालका सर्वपक्षिय दलहरुबीचमा ‘राष्ट्रिय सहमति’समेत बनिसकेको छ ।

चीनियाँ दुतावासका प्रवक्ताद्धारा जारी गरिएको प्रेस विज्ञप्तिः

The Chinese side wishes Nepal and India could solve their territory disputes on Kalapani through friendly consultations and negotiations.

The Chinese side has always respected for sovereignty and territorial integrity of the Nepali side. We have also noticed some irresponsible media and individual groups claiming China also encroached Nepali land.

These accuses are baseless and totally aims to confuse right and wrong and divert public attentions.  China and Nepal signed the Boundary Treaty in 1961 and the boundary has been delimited and demarcated.

Over the years, the two sides have a good cooperation in matters such as the boundary and dry ports affairs. In October this year, President Xi Jinping paid a successful state visit to Nepal. During the visit, the two sides signed the Agreement on the Boundary Management System.

China is willing to further strengthen cooperation with the Nepali side on boundary affairs to avoid interference from the outside and promote common development. Any attempt to undermine China-Nepal relations won’t be achievable.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ