सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राप्रपा (संयुक्त)को एक हप्ते धार्मिक (जानकी-लुम्विनी) रथयात्रा जनकपुरबाट शुरू

२०७६ कार्तिक २८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले जनकपुर- लुम्बिनी धार्मिक रथ यात्राको शुरू गरेको छ ।

नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्य सहित राप्रपा (संयुक्त) ले अध्यक्षद्धय डा. प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर जबराले संयुक्त रूपमा जनकपुरबाट रथ यात्राको शुभारम्भ गरेका छन् ।

बिहीबारबाट शुरू गरिएको धार्मिक यात्रामा सो पार्टीका नेता कार्यकर्ता लगायत  अभिनेत्री रेखा थापा समेत सहभागी भएकी थिईन् ।

सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र नेपाल घोषणा हुनुपर्ने बताउँदै आएको राप्रपा संयुक्तले मंसिर ४ गते समापन हुने प्रवक्ता जनकराज पाठकले हरियाली नेपाललाइ जानकारी दिए ।

पहिलो चरणको एक हप्ते अभियान अन्तर्गत जनकपुरदेखि  लुम्बिनीसम्म यात्रा आरम्भ गरिएको प्रवक्ता पाठकले बताए । जानकी मन्दिर परिसरबाट निस्केको रथयात्राको पहिलो दिन महोत्तरी जलेश्वर राम गोपालपुरमा पुगी कोण सभामा परिणत भएको छ ।

त्यस्तै दोस्रो दिन कार्तिक २९ गते मलंगवा- सर्लाही-  नवलपुर, गौर  रौतहटमा कोणसभा हुने बताईएको छ ।

कार्तिक ३० गते गढीमाई दर्शन, कलैया बारामा कोण सभा, मसिंर-१ गते हेटौडा र भरतपुरमा कोणसभा र साँझ नारायणी नदीमा आरती गरिने राप्रपा संयुक्तले जानकारी दिएको छ ।

यसैगरी मसिंर २ गते कावासोतीमा कोण सभा र वाल्मिकी आश्रमको दर्शन, मंसिर-३ गते रामग्राम नवलपरासीमा र भैरहवामा कोणसभाको आयोजना गरिने कार्यक्रम तय गरिएको  छ ।

यस्तै मंसीर -४ गते शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पवित्र जन्मभुमि लुम्विनीमा पुजा अर्चना सहित पहिलो चरणको धार्मिक यात्राको समापन कार्यक्रम रहेको छ ।

राप्रपा (संयुक्त)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले विश्वको एकमात्र सनातन हिन्दु राष्ट्रको पहिचान भएको नेपाललाई पुनः हिन्दुराष्ट्र निर्माणका लागि सर्वसाधारणलाई जागरुक बनाउन यात्राको सुरुवात गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

कमजोरी स्वीकार्दै जनतासमक्ष प्रस्तुत हुन उपाध्यक्ष पौडेलको आग्रह

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छः पूर्वकार्यवाहक सभापति खड्का