सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सर्वोच्चद्धारा प्रतिवन्धित अखिल क्रान्तिकारीका नेता गोविन्द सहित चारै जनालाई उपस्थिति गराउन आदेश

२०७६ कार्तिक २९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सर्वोच्च अदालतले प्रतिवन्धित विप्लव निकट अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द सहित चारजनालाई चौबिस घण्टाभित्र उपस्थिति गराउन आदेश दिएको छ ।

विष्टका भाई कमल विष्टले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले सुनुवाई गर्दै सो आदेश दिएको हो ।

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)का काठमाडौं अध्यक्ष गोविन्द विष्टसँगै प्रहरीले शंकरदेव क्यापसमा अध्ययनरत कालिकोटका दयाराम तुवार, सरस्वती बहुमुखी क्याम्पसमा अध्ययनरत नवलपरासीका प्रदिपबाबु भट्टराई, पशुपति क्याम्पसमा अध्ययनरत कैलालीका मेघेन्द्र न्यौपानेलाई गत कात्तिक २४ गते काठमाण्डौको माइतीघरबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका चारैजना विद्यार्थीलाई महानगरीय प्रहरी बृत्त दरबारमार्गमा राखिएको छ । सोही दिन गिरफ्तार गरिएका अन्य विद्यार्थीलाई रिहाईको माग गर्दै विहिबार  सर्वोच्च अदालतमा अन्य दुईवटा रिट परेका छन् ।

लिपुलेक-कालापानी क्षेत्रलाई समेटेर भारतले राजनीतिक नक्सा सार्वजनिक गरेसँगै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको थियो । प्रहरीले उक्त कार्यक्रममा हस्तक्षेप गरेर दुई दर्जन विद्यार्थीलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय