सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बंगलादेशका राष्ट्रपति स्वदेश फर्किए

२०७६ कार्तिक २९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेपालको मैत्रीपुर्ण भ्रमणमा रहेका बंगलादेशि राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किएका छन् ।

गत मंगलबार ४ दिने मैत्रीपुर्ण भ्रमणका लागि नेपाल आएका रास्ट्रपति हमिद सहितको प्रतिनिधि मण्डल शुक्रबार साँझ स्वदेश फर्किएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मंगलबार श्रीमती र ५० दस्यीय टोलि सहित नेपाल आएका बंगलादेशका राष्ट्रपति हमिदले नेपाल बसाइको क्रममा भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल, लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गरेका थिए ।

त्यसैगरी, हमिदले शुक्रबार बिहान ११ बजे चन्द्रागिरी र दिउँसो १ बजे पाटन दरबार स्क्वायर घुमेर स्वदेश फर्किएका हुन्।

राष्ट्रपति हमिद साँझ पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै बंगलादेश विमानबाट स्वदेश प्रस्थान गरेका हुन् ।

बंगलादेशी राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको अति बिशिस्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरेकी थिईन ।

बिदाई पूर्व नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

नेपाल प्रहरीका ४६ जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

एकसाथ १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

रुस–युक्रेनबीच युद्धबन्दी साटासाट