सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्रीको सचिवालयमा ६ जनाको राजिनामा स्वीकृत ७ जनाको कायमै

२०७६ कार्तिक २९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: प्रधानमन्त्रीको सचिवालयमा कार्यरत ६ जनाको राजिनामा स्वीकृत भएको छ ।

गत शुक्रबार प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका सचिवालयका छ जनाको राजीनामा स्वीकृत भएको बालुवाटार स्रोतको दाबी छ ।

प्रधानमन्त्रीको सचिवालयमा कार्यरत १३ जना सल्लाहकार र स्वकीय सचिवालय सदस्यहरुले दिएको राजीनामामध्ये ६ जनाको मात्रै स्वीकृत भएको हो ।

बालुवाटार स्रोतका अनुसार राजिनामा स्वीकृत हुनेहरुमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र  कम्प्युटर अपरेटर उदय पोखरेलको स्वीकृत भएको हो ।

प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई लगायत ७ जना अन्य सदस्यहरुको राजीनामा स्कीवृत भएको छैन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालको राजीनामा स्वीकृत भएपछि अब ओलीले सो ठाउँमा नेकपाका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापालाई नियुक्तिको तयारी गरेका छन् ।

झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार बनेका नेता थापाको पृष्ठभूमि पत्रकारिता हो । उनलाई ईश्वर पोखरेलको सल्लाहअनुसार प्रेस सल्लाहकारमा नियुक्त गर्ने तयारी भइरहेको नेकपा स्रोतको दावी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ