काठमाडौ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख सुर्य थापा प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त भएका छ्न् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय सदस्य समेत रहेका थापालाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।
यसअघिका प्रेस सल्लाहकारमा रहेका डा. कुन्दन अर्यालको राजीनामा स्वीकृत हुनासाथ थापा नया नियुक्त भएका हुन् ।
प्रधानमन्त्री सचिवालयका ६ जनाको राजीनामा शुक्रबार स्वीकृत भएको छ ।
मन्त्रिपरिषद्को निर्णयले गजेन्द्र थपलियालाई विकास विज्ञमा नियुक्त गरिएको छ भने आर्थिक सल्लाहकारमा लालशंकर घिमिरेलाई नियुक्त गरिएको छ ।