सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रक्षामन्त्री पोखरेल युएई प्रस्थान

२०७६ कार्तिक ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल युएईका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका छ्न् ।

शनिबार युएईका प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा मन्त्री पोखरेल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उप- प्रधान एवं रक्षामन्त्री पोखरेलले द्विपक्षीय उच्च स्तरीय छलफल तथा दुवईमा आइतबार हुने एयर–शोको उद्घघाटनमा सहभागी हुने कार्यक्रम रहेको छ ।

रक्षामन्त्री पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीका अनुसार दुवइ भ्रमणको क्रममा त्यहाँका शेख, राजकुमार, दुबई व्यापारिक समाजका नेतृत्व तथा यूएई सरकारका उच्च अधिकारीहरुसँग भेटघाट तथा विभिन्न पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको बताएका छ्न् ।

उपप्रधानमन्त्री पोखरेलले सोमबार साँझ नेपाली तथा विभिन्न देशका ब्यवसायी एवम लगानीकर्ताहरुसँग ‘नेपालमा लगानीका सम्भावना’ सम्बन्धमा दुबई च्याम्बर अफ् कमर्सका उच्च अधिकारीसँग भेटघाट तथा विशेष छलफल गर्नेछन् ।

दुबई एअर- शो सन् १९८६ देखि युएईले आयोजना गर्दै आएको छ ।

अन्य विभिन्न देशहरुले एअर शोलाई शक्ति प्रदर्शनको रुपमा समेत लिने गरेका छन् ।

उक्त आयोजनामा नेपाल पहिलो पटक उच्च स्तरीय नेतृत्व सहित सहभागी हुने भएको हो ।

सो टोलीमा नेपाली सेना पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी अनन्त कार्की, परराष्ट्र मन्त्रालयको मध्य तथा पश्चिम एशिया र अफ्रिका महाशाखाका सहसचिव हरिश्चन्द्र घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीका स्वकीय सह–सचिव दीपेन्द्र श्रेष्ठ सहभागी छन् ।

रक्षामन्त्री पोखरेल मंसिर ४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । उक्त टोलीलाई रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे र नेपाली सेनाका वलाध्यक्ष रथी गौरव तण्डुलले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट बिदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जब फेवातालमा डुङ्गा पल्टियो…

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

पाँच दशकदेखि प्रकृति संरक्षणमा सक्रिय नेपाली सेना सम्मानित

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन