सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रक्षामन्त्री पोखरेल युएई प्रस्थान

२०७६ कार्तिक ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल युएईका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका छ्न् ।

शनिबार युएईका प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा मन्त्री पोखरेल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उप- प्रधान एवं रक्षामन्त्री पोखरेलले द्विपक्षीय उच्च स्तरीय छलफल तथा दुवईमा आइतबार हुने एयर–शोको उद्घघाटनमा सहभागी हुने कार्यक्रम रहेको छ ।

रक्षामन्त्री पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीका अनुसार दुवइ भ्रमणको क्रममा त्यहाँका शेख, राजकुमार, दुबई व्यापारिक समाजका नेतृत्व तथा यूएई सरकारका उच्च अधिकारीहरुसँग भेटघाट तथा विभिन्न पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको बताएका छ्न् ।

उपप्रधानमन्त्री पोखरेलले सोमबार साँझ नेपाली तथा विभिन्न देशका ब्यवसायी एवम लगानीकर्ताहरुसँग ‘नेपालमा लगानीका सम्भावना’ सम्बन्धमा दुबई च्याम्बर अफ् कमर्सका उच्च अधिकारीसँग भेटघाट तथा विशेष छलफल गर्नेछन् ।

दुबई एअर- शो सन् १९८६ देखि युएईले आयोजना गर्दै आएको छ ।

अन्य विभिन्न देशहरुले एअर शोलाई शक्ति प्रदर्शनको रुपमा समेत लिने गरेका छन् ।

उक्त आयोजनामा नेपाल पहिलो पटक उच्च स्तरीय नेतृत्व सहित सहभागी हुने भएको हो ।

सो टोलीमा नेपाली सेना पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी अनन्त कार्की, परराष्ट्र मन्त्रालयको मध्य तथा पश्चिम एशिया र अफ्रिका महाशाखाका सहसचिव हरिश्चन्द्र घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीका स्वकीय सह–सचिव दीपेन्द्र श्रेष्ठ सहभागी छन् ।

रक्षामन्त्री पोखरेल मंसिर ४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । उक्त टोलीलाई रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे र नेपाली सेनाका वलाध्यक्ष रथी गौरव तण्डुलले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट बिदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

विप्लव पुत्र प्रकाश विवाह बन्धनमा

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयोजकमा कमल बुढा निर्वाचित

लुम्बिनीको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

चौथोदिनसम्म त्रासमा मलङ्गवावासी, कर्फ्यु कायमै

‘प्रोक्युरमेन्ट क्लिनिक’मा सबै स्थानीय तहलाई समेटिने

प्रधान सेनापति शर्मा भोली आइतबार नयाँ दिल्ली जानुुहुँदै