काठमाण्डौ: सचिन तेन्दुलकर नेपाल आइपुगेका छ्न् ।
युनिसेफको निमन्त्रणामा शुक्रबार भारतीय पूर्वक्रिकेटर तेन्दुलकर नेपाल आइपुगेका हुन ।
बालअधिकारसम्बन्धी अन्तर्रा्ष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा उनी नेपाल आएका हुन् ।
सचिन नेपाल एयरलाइन्सको नियमित उडान मार्फत शुक्रबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन भने शनिबार कीर्तिपुर मैदानमा सचिनले विनोद दास नेतृत्वको टोलीविरुद्ध प्रदर्शनी खेल खेल्ने भएका छ्न् ।
बालबालिकाको अधिकारका लागि काम गर्दै आएको अन्तर्रा्ष्ट्रिय संस्थाको माध्यमबाट सचिन काठमाडौं विभिन्न विद्यालयमा आवद्ध रहेका छ्न् ।
यता युनिसेफले सचिनसँग खेल्नका लागि विद्यार्थीको छनोट गरिसकेको छ ।
१०-१० ओभरको खेल किर्तिपुरमा खेले पश्चात् सचिन शनिबार नै भारत फर्कने भएका छ्न ।
