काठमाण्डौ: प्रहरीले कपिलवस्तु र दाङको सिमाना नजिकबाट ५ थान हतियार बरामद गरेको छ ।
प्रहरीले फेला पारेको पाँच थान हतियारमा एसएमजी र राइफलमा लाग्ने गोली र म्याग्जिन रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको टोलीले कपिलवस्तुको शिवनगरस्थित शिवनगर नगरपालिका– १ स्थित एक गोठबाट लुकाइराखेको अवस्थामा ती हतियार फेला पारेको हो ।
फेला पारेको सवै हतियार नेत्रविक्रम चन्द विप्लव समूहले भित्र्याएको हुन सक्ने प्रारम्भिक अनुमान रहेकोले यसबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरी उच्च स्राेतका अनुसार विप्लव समूहले हतियार भित्र्याइरहेकाे सूचना प्रदेश ५ को प्रहरी कार्यालय, दाङले दिएपछि जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोली सो क्षेत्रमा परिचालित भएको थियो ।
उपचुनाब नजिकिदै गरेको अवस्थामा विप्लव समुहले प्रतिबन्ध फुकुवाको माग गर्दै चुनाब हुन नदिने चेतावनी दिएको चौविस घण्टा नवित्दै ठूलो मात्रामा अत्याधुनिक हतियारहरु फेला पर्दै जानुले सुरक्षा थ्रेट बढाएको प्रहरीको निशकर्ष रहेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
