
काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पुनः ग्रान्डी अस्पतालमा हेमोडायलासिस गराएका छन् ।
गत कात्तिक १२ र १३ गते हेमोडायलाइसिस गराएका ओलिले डायलाइसिसका क्रममा राखिएको स्टेन्ट निकालिएको हो ।
हेमोडायलासिसपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ।
प्रधानमन्त्रीको नीजि चिकित्सक डा. दिव्या सिंह शाह, ग्रान्डीका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्रा डा प्रेमराज ज्ञवालीले संयुक्त विज्ञप्ति प्रकाशित गरी उनको अवस्था राम्रो भएको जानकारी गराएका हुन्।
उपचारको लागि प्रधानमन्त्री ओली शनिबार बिहान ०९३० बजे ग्राण्डी अस्पतालमा भर्ना हुन पुगेका थिए ।
डायलिस पश्चात् प्रधानमन्त्री ओलि साँढे चार बजे प्रधानमन्त्रीको सरकारी निवास फर्किएका छन् ।
शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा उनले यसबारे जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीले १२ वर्ष अघि भारतमा फेरेको मिर्गौलाको फलोअप यसअघि भारत र सिंगापुरमा गर्दै आएका थिए।
यस्तो छ ग्राण्डी अस्पतालको बिज्ञप्ति