सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सैनिक कारबाहीको बिरोधमा बिद्रोहिद्वारा १४ सर्वसाधारणको हत्या

२०७६ कार्तिक ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सरकारी विरोधमा युगान्डाली विद्रोही समूहले १४ सर्वसाधारणको हत्या गरेका छन् ।

अफ्रिकी मुलुक कंगोमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्मको अवधिमा बिद्रोहि समुहले १४ सर्बसाधारणको हत्या गरेको एक स्थानीय सरकारी अधिकारीले अन्तराष्ट्रिय संचार माध्यमहरुलाई जानकारी दिएका छन् ।

कंगोमा विगत दुई सातामा बदलाको भावनाबाट गरिएको आक्रमणबाट ३० जनाभन्दा बढी सर्वसाधारणको हत्या भईसकेको स्थानिय अधिकारीहरुले जनाएका हुन् ।

युगान्डाका विद्रोही समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एडिएफ) सक्रिय कंगोको उत्तरी किभु प्रान्तको बेनी क्षेत्रका दुई स्थानमा सरकारी सेनाले इस्लामिक जिहादी विचारधारामा आबद्ध लडाकू विरुद्ध आक्रामक सैन्य कारबाही गर्ने गत महिना घोषणा गरेको थियो ।

कंगोमा सन् १९९५ देखि सक्रिय रहेको मानिएको एडिएफले विगत पाँच वर्षको अवधिमा बेनी क्षेत्रमा सयौं, हजारौं सर्वसाधारणको हत्या गरेपछी इस्लामिक स्टेट समूहले एडिएफले गरेका धेरैजसो आक्रमण आफ्नो जिम्मामा लिएको छ ।

गत अक्टोबर ३० मा कंगोको सरकारी फौजले बेनी क्षेत्रमा सक्रिय लडाकूहरुलाई विस्थापित गर्न सैन्य कारबाही गर्ने घोषणा गरेको पश्चात आक्रमणकारीले स्थानीयबासीमाथि धारिलो हतियारले आक्रमण गरेको र घर तथा सर्बसाधारणको पसलमा लुटपाट गरेको बेनीका प्रशासक डोनाट किबवानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु