शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः नेपालमा गत २४ घन्टामा ३ हजार ३ सय ९ पीसीआर परीक्षण गर्दा थप ४८८ जना कोरोना संक्रमित थपिएका छन्।
हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ।
आज ५२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ।
२४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ९ सय २७ पुगेको छ।