सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दुई दिनमा ‘विप्लव’ समूहका तीन कार्यकर्ता दाङबाट पक्राउ

२०७६ मंग्सिर १, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिशेष टोलीले विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज र अर्का सहयोगीलाइ लुकीछिपी हिँडिरहेको अवस्थामा प्रहरीले शनिबार सवा एक बजे बबई–५ ट्वाङखोलाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगी र बबई-५ निवासी ३२ वर्षीय डाँगी रहेका छन् ।

प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश ३–०२००७प १२०४ नं लेखिएको जिक्सर मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार ट्वाङखोलाबाट पक्राउ गरिएका दुबै जनालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान शुरू गरिएको छ ।

अघिल्लो दिन दाङको शान्तिनगरबाट पनि विप्लव समूहका सेक्सन कमाण्डर पक्राउ परेका थिए ।

विप्लव समूहका शान्तिनगर गाउँपालिका–१ पटेरीखोला निवासी ३० वर्षीय प्रकाश बुढामगरलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उनलाई पनि इलाका प्रहरी कार्यालय तुलसीपुर राखेर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान