सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भीमफेदी कारागारबाट कैदी भागे

२०७६ मंग्सिर १, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मकवानपुरको भीमफेदी कारागारबाट शनिवार राती एक कैदी फरार भएका छन् ।

गएराति करिब १० बजेको समयमा कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका कुलदीपराज धामी फरार भएको हो ।

कारागारका प्रमुख जेलर प्रकाश खनालका अनुसार कैदी आफै भागेको हो की अरू कसैको सहयोगमा भागेको भन्ने बिषयमा अनुसन्धान शुरू गरेको बताएका छन् ।

कैदी धामीलाई भगाउन कसैको सहयोग रहेको आशङ्का गर्दै कारागार वरिपरि १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले एक्लै भाग्न सम्भब नभएको कारागार प्रशासनले जनाएपनि पर्खालको केही सानो भागमा ग्याप रहेको र त्यहाँ तार तानिएको भेटिएकाले धामी त्यहीबाट भागेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

यसैबीच धामीको खोजीका लागि कारागार प्रसासनले निज धामीको स्थायी बसोबास रहेको घर चितवन र पुरानो ठेगाना सुनसरीमा समेत ‘अर्लट’ गरिएको दावी गरेको छ ।

जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामीले पाँच वर्षदेखि सजाय काटिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयोजकमा कमल बुढा निर्वाचित

लुम्बिनीको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

चौथोदिनसम्म त्रासमा मलङ्गवावासी, कर्फ्यु कायमै

‘प्रोक्युरमेन्ट क्लिनिक’मा सबै स्थानीय तहलाई समेटिने

प्रधान सेनापति शर्मा भोली आइतबार नयाँ दिल्ली जानुुहुँदै

योगदानमा आधारित हुने अवकाश कोषको भुक्तानीमा ५ प्रतिशत मात्रै कर लाग्ने सर्वोच्चको फैसला

एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंकको बैठकमा सहभागी हुन अर्थमन्त्री महत इजिप्ट प्रस्थान

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन

सरकार र आन्दोलनरत शिक्षकहरूबीचको दोस्रो चरणको वार्ता शुरु