
काठमाण्डौः नेपाली काँग्रेस भक्तपुरका प्रदेशसभा उम्मेदवारलाई मातृ शोक परेको छ ।
उप निर्वाचनको लागि नेपाली काँग्रेसको तर्फबाट भक्तपुर क्षेत्र नम्बर १ (क) प्रदेश सभाका उम्मेदवार कृष्णलाल भँडेलको आमा सेतीमायाँ भंडेलको ८४ वर्षको उमेरमा निधन भएको छ ।
स्वर्गीय सेतीमायाँ भँडेलको भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा उपचारका क्रममा आईतबार बिहान निधन भएको हो ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले स्वर्गीय सेतीमायाँ भँडेलको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।