सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अर्थमन्त्रीद्धारा १५ विधाका उत्कृष्ट करदातालाई सम्मान

२०७६ मंग्सिर १, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले आठौं कर दिवसको अवसरमा १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आईतबार बिहान आयोजित कार्यक्रम मार्फत गत वर्ष सबैभन्दा धेरै कर तिरेर राज्यलाई योगदान गर्ने उत्कृष्ट करदाताहरुलाई सम्मान गरेका हुन् ।

आन्तरिक राजश्व विभागले सर्वाधिक कर तिर्नेमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्राइभेट लिमिटेडलाई सम्मान गरेको छ । सुर्य नेपाल ठुलो चुरोट उत्पादन गर्ने उद्योग हो । सूर्य लगातार बढी कर तिर्ने कम्पनीको सूचीमा पर्दै आएको छ । यस्तै व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा तारा म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक सिद्धार्थसम्शेर राणा रहेका छन । राणा लगातार चौथोपटक धेरै कर तिर्ने करदाता बनेका छन् ।

अर्थ मन्त्रालयका अनुसार, निर्यातकर्ताहरूमध्ये सबैभन्दा बढी आयकर डाबर नेपालले तिरेको छ । मदिरा र चुरोट बाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल अग्रपंक्तिमा रहेको छ । बैंकहरु मध्येबाट राष्ट्रिय वाणिज्य बैंकले बढी कर तिरेको छ भने लघुवित्तबाट छिमेकी लघुवित्तले बढी कर तिरेकोले सम्मानित भएको छ ।

यसैगरी सञ्चार क्षेत्रबाट वर्डलिङ्क कम्युनिकेसन, बिमाबाट नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, व्यापार व्यवसायमा अग्नि इन्टरप्राईजेज प्रालि र पर्यटनबाट तारागाउँ रिजेन्सी होटल, रहेका छन ।
यस्तै कृषितर्फ अन्नपूर्ण एग्रो र मध्यमस्तरिय करदाताका तर्फबाट कामना विकास बैंक, घोराही सिमेन्ट उद्योगलाई पनि सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा

कर प्रशासन पुनःसंरचना र भ्याट प्रणाली सुधार गर्न अर्थविद्को सुझाव

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

चितवनमा मह उत्पादनमा कमी

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

पोखराबाट हुन सकेन नियमित अन्तरराष्ट्रिय उडान

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

बुद्धएयरको नेपालगञ्ज पोखरा उडान स्थगन

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर