
काठमाण्डौ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अपरान्ह बस्ने भएको छ । अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बैठकमा पार्टीको महत्वपूर्ण निर्णय गर्न प्रवास कमिटिको जिम्मेवारी तोक्ने तथा पार्टीको स्थायी समितिको बैठक बोलाउने विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका केही कर्मचारी हेरफेरपछि मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेअनुरूप उक्त बैठक बस्न लागेको नेकपा नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो पटक होमोडायलासिस सम्पन्न भएपश्चात सरकारी निवाश बालुवाटारमा आराम गरिरहेका छन् ।