काठमाण्डौ: नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कालापानीका पक्षमा प्रदर्शन गरेका नेविसंघमाथि प्रशासनले बल प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।
प्रवक्ता शर्माले राष्ट्रिय झण्डासँगै नेविसंघको झण्डा फहराउँदै, कालो बेलून उडाँउदै कालापानीका पक्षमा प्रदर्शन गर्दा प्रहरीको बल प्रयोग भएकोप्रति आपत्ति जनाएका हुन् ।
‘राष्ट्रिय झण्डासँगै नेविसंघको झण्डा फहराउँदै कालो बेलून उडाउँदै सडकमा निक्लदै गरेका विद्यार्थीलाई ठूलो संख्यामा बल प्रयोग गरेर अस्कल क्याम्पसको गेटमा रोक्ने प्रयत्न’ भन्दै भिडियो सहित शर्माले ट्वीट गर्दै भनेका छन् ।
प्रवक्ता शर्माले यस विषयमा सरकारसँग जवाफ समेत माग गरेका छन् । ‘कालापानीका पक्षमा प्रदर्शन पनि अस्वीकार्य हुन लागेको हो सरकार ? जवाफ चाहियो,’ शर्माले आफ्नो ट्वीटमा लेखेका छन् ।

