सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

करोडौं मूल्य बराबरको ५८ किलो चरेससहित ५ जना पक्राउ

२०७६ मंग्सिर १, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: बर्दियाको जिल्ला सदरमुकाम गुलरीयाबाट प्रहरीले चरेससहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

बर्दिया जिल्लाको गुलरिया बाट आईतबार प्रहरीले ठुलो मात्रामा ५८ किलो ग्राम चरेस सहित ५ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गुलरीयाको टोलीले विशेष सूचनाको आधारमा गुलरिया नगरपालिका-७ भन्सार रोडमा नेपालगञ्जबाट गुलरीया हुँदै भारत लैजादै गरेको ५८ किलो चरेस, नगद ३२ हजार ५९८ रुपैयाँ र ५ थान मोवाइल सहित उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिएका छन् ।

पूर्वी रुकुमको खवाङ्ग घर भई हाल दाङ घोराही बस्ने वर्ष ३४ को राजकुमार पुनमगर, मुसिकोट नगरपालिका-१ घर भई घोराही बस्ने वर्ष २७ की जुनतारा पुन, रुकुम घर भई दाङ बस्ने वर्ष ३४ की सुनथामी बुढामगरलाइ प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी रुकुम तक्सेरका वर्ष २६ की अस्मिता रामजाली र रोल्पा पाछाबाङ घर भई हाल दुईखोली बस्ने वर्ष २९ को खीमप्रसाद रोकामगरलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आजको मौसमः कतै भारी त कतै छिटफुट बर्षा हुने

मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

दक्षिण सुडानमा तैनाथ नेपाली सेनामा महिला सहभागिता १० प्रतिशत

पर्वतको तमादीखोलामा आएको बाढीले जीप बगाउदा तीन जना यात्रु बेपत्ता

आजको मौसम: चार प्रदेशमा भारी बर्षा हुने, अन्त छिटफुट पानी पर्ने

सल्यानमा जिप दुर्घटना: २ जनाको मृत्यु, १४ जना घाइते

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

आज कोशी प्रदेशमा उराब समुदायलाई सार्बजनिक बिदा

बैतडीको झुलाघाट नाका बन्द

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

नापी कार्यालय लहानमा विचौलियाको रजगज, विनाघुस हुँदैन सेवाग्राहीको काम