शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौं: बङ्गलादेशमा ग्याँसको पाइपलाइन बिस्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएका छन्।
आईतबार बङ्गलादेशको राजधानी ढाकाबाट २१६ किलोमिटर दक्षिणपूर्व पर्ने चित्तगोङको पथरघाटा क्षेत्रमा ग्यास पाईपलाईन बिस्फोटहुँदा सडकमा हिडिरहेका मानिसमाथि नजिकै रहेको भवनको पर्खाल भत्किएर मानिसलाई थिचेको चित्तगोङ स्थानीय प्रहरी प्रमुख मोहम्मद मोहसिनले जानकारी दिए।
बिस्फोटको कारण खुल्न नसकेको स्थानिय प्रहरीले संचारमाध्यमहरुलाई जानकारी गराएको छ ।