
काठमाण्डौं: नेपाल आइडल सिजन २ का विजेता रवि वड सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त भएका छन् ।
आईतबार महेन्द्रनगरमा आयोजित सप्तरंग-२ कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले रवि वडलाई पर्यटन दूतमा नियुक्त गर्दै प्रमाणपत्र प्रदान गरेकी हुन् ।
भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्देश्यले आईडल वडलाई सुदूरपश्चिम प्रदेशको पर्यटन दूतमा नियुक्त गरेको मन्त्री भट्टले बताइन् ।
कञ्चनपुर निवासी रबि वड गत वर्ष पुस ५ गते नेपाल आइडल घोषित भएका थिए ।