सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतीय सेना हटाई अतिक्रमीत भू-भाग फिर्ता लिई छाड्ने प्रधानमन्त्रीको दावी

२०७६ मंग्सिर १, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीमा रहेका भारतीय सेना हटाई छाड्ने उद्घोष गरेका छन् ।

आइतबार नेकपाको युवा संगठन राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलिले भारतीय सेनालाई नेपाली भूमिबाट हटाउने मात्र नभई अतिक्रमित नेपाली भू-भाग फिर्ता ल्याउनुपर्ने बताएका हुन् ।

अघिल्लो शताब्दीदेखि नै नेपालको सीमा मिच्ने काम भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सीमा मिचिएको कुरालाई अहिले नै हो भनेर कतिपयले आफूलाई हिरो देखाउन उचाल्ने काम गरेको बताए । उनले वर्तमान सरकार सीमा समस्या समाधान गर्न सक्षम रहेको पनि स्पष्ट पारे ।

सोही अबसरमा प्रधानमन्त्री ओलीले सिमावर्ती क्षेत्र कालापानी, लिपुलेक, लिम्पियाधुरामा रहेका भारतीय सेना फिर्ता गर्न भारतलाई आग्रह गरे ।
नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसँग कुनै पनि तनाब नहोस् भन्ने पक्षमा रहेको प्रधानमन्त्रीले दोहोर्याए ।

उनले सरकारले संवाद मार्फत सीमा सम्बन्धी समस्या समाधान गर्ने भन्दै कतिपयले नक्सा सच्याउने कुरा उठाएपनि भूमि फिर्ता लिने विषय महत्वपुर्ण भएको बताए । सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार राष्ट्रिय हितको पक्षमा अड्न र लड्न सक्ने पनि बताए ।

सीमा समस्या सरकारले संवादको माध्यमबाट समाधान गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले नक्सा त प्रेसमा छापे भइहाल्यो हामी भूमि फिर्ता लिन्छौं भनेका छन् ।

नेपालको जमिनबाट भारतीय सेना फिर्ता पठाइ नेपाली सेना राख्छौं प्रधानमन्त्रीले भनेका छन् । शान्ति सेनामा सेना पठाएर अरुको रक्षा गर्न सक्ने हामी आफ्नो पनि रक्षा गर्न सक्छौ बताएका छन् ।

अहिले दैनिक जसो भारतले जारी गरेको राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेपछि नेपालमा भारतको सर्वत्र विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक : राष्ट्रपति पौडेल

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति