काठमाण्डौंः सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा नै सुनुवाई गर्ने भएको छ ।
सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको संवैधानिक इजलासले शुक्रबार संसद विघटनसम्बन्धी मुद्दाको निरुपण संवैधानिक इजलासबाटै गर्ने निर्णय गरेको छ।
संसद विघटनसम्बन्धी मुद्दामा माघ ४ गतेदेखि संवैधानिक इजलासमा निरन्तर बहस हुने पनि सर्वोच्चले जनाएको छ । यसअघि सो मुद्दा संवैधानिक इजलासमै निरुपण गर्न नहुने र त्यसका लागि वृहत् पूर्ण इजलासमा लग्नुपर्ने बताइएको थियो ।