सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेकपामा ओली झन शक्तिशाली, सचिवालयबाट पाए मन्त्रिपरिषद् पुनर्गठन गर्ने पूर्ण अधिकार, एक साताभित्रै मन्त्रिपरिषद् हेरफेर हुने

२०७६ मंग्सिर २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको सम्पूर्ण अधिकार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई दिएको हो ।

मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा विगत लामो समयदेखि अध्यक्षद्धयबिच रस्साकस्सी चल्दै आएको थियो । सचिवालय बैठकमा कार्यसम्पादनका आधारमा केहीलाई हटाउने र अन्यलाई निरन्तरता दिने भन्नेमा समझदारी बनेपनि हेरफेरको जिम्मा पाएका प्रधानमन्त्रीले तत्काल गर्लान कि नगर्लान भन्नेमा अध्यक्ष प्रचण्ड समुह अझै आश्वस्त भइनसकेको प्रचण्ड निकट स्रोत बताँउछ ।

मन्त्रिपरिषद् पुनर्गठनको विषयमा सचिवालय बैठकमा छलफल भएपनि कुन-कुन मन्त्री हटाउने वा राख्ने भन्ने विषय प्रधानमन्त्रीको भागमा परेकोले यसै भन्न नसकिने नेकपाका नेता बताउँछन् । नेकपा स्रोतका अनुसार हटाउने मन्त्रीको नाम र नयाँ मन्त्रीको नाम यसैसाता सम्ममा टुंगो लाग्नेछ ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड लगायतका शिर्ष नेताहरूसँग परामर्श गरेर सम्बवत यसैसाता नभए अर्को सातासम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने सक्ने नेकपा स्रोतको दाबी छ ।

यसैबिच मन्त्रिपरिषद् पुनर्गठन हुने निश्चित भएपछि मन्त्रीका आकांक्षी नेताहरूको घरदैलो कार्यक्रमलाइ तिब्र पारेका छन् । नयाँ मन्त्री बन्नेदेखी पुरानै जिम्मेवारी कायम राख्न समेत उनीहरूले अध्यक्षद्धयको सम्पर्क सुत्रसँग दैनिक नजिक रहने गरेको नेताहरू बताँउछन् ।

मन्त्रिपरिषद् तत्काल हेरफेर भएमा नेकपाबाट हालसम्म मन्त्री नबनेकालाइ पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने सोचमा प्रधानमन्त्री रहेका छन् भने अर्का अध्यक्ष प्रचण्ड पनि विगतमा मन्त्री भएकाहरू मध्यबाट राम्रो कार्य गरेका मन्त्रीहरूबाट चयन गर्दा उत्कृष्ट हुने प्रधानमन्त्रीलाइ सुझाब दिँदै आएका छन् ।

हाल नेकपामा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, डा. शिवमाया तुम्बाहाम्फे, पम्पा भुसाल, देवेन्द्र पौडेल, प्रभु साह, अग्नि सापकोटा, जनार्दन शर्मा, महेश बस्नेत, रेखा शर्मा, विशाल भट्टराई लगायतको मन्त्री बन्ने चर्चा पार्टीभित्र रहेको छ ।

प्रवास समन्वय कमिटीले पायो पूर्णता 

प्रधानमन्त्रीको सरकारी निवाशमा बसेको सचिवालय बैठकले प्रवास समन्वय कमिटीलाइ पूर्णता दिने निर्णय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले प्रवास कमिटीको इन्चार्जको जिम्मेवारी नुवाकोटकी विन्दा पाण्डेलाई दिएको छ भने सह-इन्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिने निर्णय गरेको छ ।

यसैगरी बैठकले अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साहलाई चयन गरिएको प्रवक्ता श्रेष्ठले बताएका छन् । नेकपाले यसअघि नै प्रवासमा पार्टी कमिटी गठन नगर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हाम्रा कमजोरीका कारण लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम भयाे : राष्ट्रपति

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल

संविधान दिवसमा राष्ट्रपतिबाट पाए ६७० जनाले कैद माफी

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

हरितालिका तीज पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल

चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता (पूर्णपाठ)

अमेरिका भ्रमणका बारे राष्ट्रपतिलाई गराए प्रधानमन्त्रीले जानकारी

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत

जलवायु परिवर्तनबाट सिर्जित समस्या उपयुक्त नीतिमार्फत समाधान गर्नुपर्छ: प्रधानमन्त्री

अमेरिका जानु अघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री