सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सहायक रथी शरदलाल श्रेष्ठको पुनर्वहालीः काठमाडौं-तराई फास्ट्रयाक सडक निर्माणले तिब्रता पाँउदै

२०७६ मंग्सिर २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः काठमाण्डाैं तराई/मधेश द्रुतमार्ग आयोजना प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठको पुनर्वहालीसँगै काठमाडौं-तराई फास्ट्रयाक सडक निर्माणले तिब्रता पाउने भएको छ ।

आयोजना प्रमुख श्रेष्ठको विषयमा सार्वजनिक भएका समाचारका सम्बन्धमा उपरथी अध्यक्षताको  छानबिन समितिले प्राविधिक त्रुटी बाहेक कुनै पनि नियोजित त्रुटी नभएको भन्दै पुनर्वहाली गरेको नेपाली सेनाले जनाएको छ।

परामर्शदाता छनोट गर्नुअघि नै मापदण्डको प्रारम्भिक मस्यौदा बाहिरिएको विषयमा उजुरी परेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ को गठन भएको थियो ।

बोर्डले एक महिना लामो अनुसन्धान सकेर गरेको अध्ययनले प्राविधिक बाहेक नियोजित त्रुटि नभेटिएकाले भन्दै सहायक रथी श्रेष्ठलाई पुनः आयोजना प्रमुखको जिम्मेवारीमा फर्काइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

श्रेष्ठको पुनर्वहालीसँगै काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक निर्माणको आर्थिक, प्राविधिक र प्रशासनिक पक्षहरुको स्पष्ट रणनीति र कार्यदिशाको आधारमा ब्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई थप व्यवस्थित तथा प्रभावकारी बनाईने भएको छ ।

साथै, प्रधानसेनापतिको आर्थिक अनियमिततामा शुन्य सहिशुष्णताको नीतिलाई अवलम्बन गरी नेपाली सेनाले उक्त आयोजनामा संलग्न गैर सैनिक जनशक्तिको प्रभावकारी परिचालन, आयोजना अन्तरगतका सेक्टर तथा कार्यदल वेशहरुलाई थप सक्रिय तुल्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको पारदर्शीपूर्वक छनौट तथा ब्यवस्थापकीय पक्षहरुमा विशेष जोड दिईएको छ ।

उक्त आयोजनाको नियमित निगरानी, मूल्यांकन तथा थप प्रभावकारी ब्यवस्थापनको लागि अत्याधुनिक प्रविधिहरु (ड्रोन समेत) को प्रयोग गरी निर्माण कार्यलाई तिव्रता दिइने योजना रहेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त आयोजनाको कार्यान्वयनसँग नेपाली सेनामाथि नेपाली नागरिक तथा नेपाल सरकारको विश्वास र भरोसा गाँसिएको तथ्यलाई मनन् गरी आयोजनालाई पूर्णपारदर्शी,  नियम संगत, गुणस्तरीय रुपमा समय सीमाभित्र सम्पन्‍न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।

साथै राष्ट्रिय गौरवको उक्त आयोजनाको सफलताले नेपाली सेनामाथि समग्र नागरिक र राष्ट्रको विश्वास थप मजबुत बनाउने अपेक्षा नेपाली सेनाले लिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

आलेख– घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर