
काठमाण्डौं: क्यालिफोर्नियाको फ्रेन्सोमा फुटबल हेर्ने पार्टीमा गोलि चल्दा पाँच जनाको मृत्यु भएको छ ।
अमेरीकाको क्यालिफोर्नियास्थित फ्रेनुसोमा फुटबल हेर्ने पार्टीमा अकस्मात गोलि चल्दा ९ जनालाई गोलि लागेको साथै केही व्यक्ति मृत्यु भएको स्थानिय सञ्चारमाध्यामले जनाएका छन् ।
मृत्यु हुनेमा तीन वर्षे बालक १ जना, २९ वर्षीया महिला एक जना र ३१ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का ५ वर्षीय र ९ वर्षीय दुई बालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार साँझ डुलेले शहरको दक्षिण पूर्वी भागमा सो घटना भएको फ्रेन्सोका प्रहरीले अन्तराष्ट्रिय संचार माध्यमहरुलाई जानकारी दिएका छन् ।
घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।