काठमाण्डौ: मानवअधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरूको समूहले सत्य निरुपण तथा बेपत्ता सम्बन्धी आयोग गठन प्रक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जवाफदेहिता निगरानी समिति’ (एडब्लूसी) ले सोमबार एक विज्ञप्ती जारी गरी सत्य निरुपण तथा बेपत्ता सम्बन्धी आयोग गठन प्रक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
समितिका संयोजक चरण प्रसाईंले सोमवार प्रेस विज्ञप्ति मार्फत संक्रमणकालीन न्याय प्रक्रियालाई थप जटिल पार्दै राजनीतिक प्रभावबाट द्वन्द्वपीडितको न्यायमाथि खेलबाड गर्ने रणनीतिमा सिफारिस समिति समेत तानिएको आरोप लगाएका छ्न् ।
त्यस्तै राजनीतिक दलका नेतृत्वहरूबीच बालुवाटारमा आयोगका पदाधिकारीहरूको नियुक्ति गर्न राजनीतिक सहमति भएको समाचार सार्वजनिक भए लगत्तै सिफारिस समितिले राजनैतिक दलहरूले सिफारिस गरेका नाम समितिका तर्फबाट थपिएको भनेर गोरखापत्रमा प्रकाशित गर्नु संयोगमात्र नभई पूर्वनियोजित भएको निगरानी समितिको ठहर छ । जुन कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसबाट सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले गठन गरेको ५ सदस्यीय सिफारिस समितिमा पनि राजनीतिक दबाब सृजना भएको देखिन्छ विज्ञप्तीमा भनिएको छ ।