सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संघीय संसद सचिवालय विरुद्ध सर्वोच्चमा रिट दायर

२०७६ मंग्सिर २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संघिय सरकार बिरुद्ध प्रदेश-२ सरकारले सर्बोच्च अदालतमा रिट दायर गरेको छ ।

संघिय सरकारले ल्याएको वन ऐन-२०७६ विवाद पुन ब्युझीएपछि प्रदेश नम्बर-२ ले संघिय सरकार बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेको प्रदेश-२ का मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले जानकारी दिएका छन् ।

प्रदेश २ का मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले आफ्नो ट्वीटरमा ‘नेपाल सरकारले गत असोज २७ गते जारी गरेको वन ऐन, २०७६ को अधिकांश दफा तथा सो ऐनको व्यवस्था संविधानसँग प्रत्यक्ष बाझिएकोले वन तथा भू-संरक्षण मन्त्रालय, प्रदेश नम्बर २ ले सोमबार सम्मानित सर्वोच्च अदालतमा रिट दायर गरेको’ ट्वीट गरेका थिए ।

सोमबार प्रदेश नम्बर २ ले संघीय संसद सचिवालयलाई विपक्षी बनाइ सर्बोच्च अदालतमा रिट दायर गरेको हो ।

सर्वोच्च अदालतले उक्त रिट दायर भएसँगै संघीय संसद सचिवालयलाई मंसिर ६ गते पेशीको लागी अदालतमा उपस्थित हुन बोलाइएको छ ।

यसअघि प्रदेश सरकारले वन क्षेत्र प्रदेश सरकारको मातहत रहेको भन्दै केन्द्र सरकारले सागरनाथ वन योजनालाई आफूखुशी कम्पनीमा रुपान्तरण गरेको भनी संघीय सरकारविरुद्ध रिट दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण