सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपचुनाव लगत्तै नेविसंघले नेतृत्व पाउने सभापति देउवाको बचन

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि रित्त रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन गर्ने गरी नयाँ तदर्थ समिति बनाउने भएको छ ।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले उपचुनाव लगत्तै भातृसंस्था नेपाल विद्यार्थी संघले नेतृत्व पाँउने बताएका हुन् ।

मंगलबार बिहान सभापति देउवा निवाश बुढानिलकण्ठ पुगेका नेविसंघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाह लगायत अन्य विद्यार्थी प्रतिनधिहरूसँग कुरा गर्दै अबको १२ औं महाधिवेशनमा नेविसंघलाई नेतृत्व दिइने बचन दिएका हुन् ।

नेविसंघको अध्यक्षमा राजिव ढुंगानालाई बनाउने संस्थापन पक्ष निश्चित भएपनि तीन महामन्त्री को-को बनाउने भन्ने टुंगो लागि सकेको छैन । ढुंगानाले लामो समयदेखि नेविसंघको विभिन्न तहमा बसेर काम गरेका छन्।

उपचुनाव लगत्तै बस्ने केन्द्रिय समितिको बैठकले छलफल गरेर एक वर्षभित्र महाधिवेशन गर्ने गरी पदाधिकारी सहितको नयाँ समिति गठन गर्ने बताएका हुन् । अध्यक्षमा ढुंगानाको नाममा सहमति भैसके पनि महामन्त्री र अन्य पदका लागि नियर्णय भैसकेको छैन ।

तर नेविसंघमा भने आफ्नो विधानअनुसार ३२ वर्षे उमेरहद कटेको भन्दै नेविसंघ भित्रै विरोध भइरहेको छ। अहिले नेविसंघ नेतृत्वविहीन भएको करिब नौ महिना भएको छ ।

सभापति देउवासँग भेटमा शाहले भारतीय सीमा अतिक्रमण र नयाँ नक्सामा नेपालको भूमि समावेशपछि नेविसंघले गरिरहेको सडक प्रदर्शनबारे जानकारी गराएको हरियाली नेपाललाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान, यस्तो छ आजको कार्यक्रम तालिका

भारतसँग सीमा जोडिएको झुलाघाट नाका बन्द

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

सरकार र आन्दोलनरत चिकित्सकबीच गृहमन्त्रालयमा वार्ता सुरु

कामपा र सामाजिक अभियन्ता ई: को टोलीबीच वार्ता सुरु

छोङछिङमा प्रधानमन्त्री प्रचण्ड

नेपाल–चीनबीच १३ बुँदे सम्झौता

प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण

विराटनगरको बिग होटेलमा कोशी प्रदेशको सुरक्षा बैठक बस्दै

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लीबीच भेटवार्ता

प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै