सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपचुनाव लगत्तै नेविसंघले नेतृत्व पाउने सभापति देउवाको बचन

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि रित्त रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन गर्ने गरी नयाँ तदर्थ समिति बनाउने भएको छ ।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले उपचुनाव लगत्तै भातृसंस्था नेपाल विद्यार्थी संघले नेतृत्व पाँउने बताएका हुन् ।

मंगलबार बिहान सभापति देउवा निवाश बुढानिलकण्ठ पुगेका नेविसंघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाह लगायत अन्य विद्यार्थी प्रतिनधिहरूसँग कुरा गर्दै अबको १२ औं महाधिवेशनमा नेविसंघलाई नेतृत्व दिइने बचन दिएका हुन् ।

नेविसंघको अध्यक्षमा राजिव ढुंगानालाई बनाउने संस्थापन पक्ष निश्चित भएपनि तीन महामन्त्री को-को बनाउने भन्ने टुंगो लागि सकेको छैन । ढुंगानाले लामो समयदेखि नेविसंघको विभिन्न तहमा बसेर काम गरेका छन्।

उपचुनाव लगत्तै बस्ने केन्द्रिय समितिको बैठकले छलफल गरेर एक वर्षभित्र महाधिवेशन गर्ने गरी पदाधिकारी सहितको नयाँ समिति गठन गर्ने बताएका हुन् । अध्यक्षमा ढुंगानाको नाममा सहमति भैसके पनि महामन्त्री र अन्य पदका लागि नियर्णय भैसकेको छैन ।

तर नेविसंघमा भने आफ्नो विधानअनुसार ३२ वर्षे उमेरहद कटेको भन्दै नेविसंघ भित्रै विरोध भइरहेको छ। अहिले नेविसंघ नेतृत्वविहीन भएको करिब नौ महिना भएको छ ।

सभापति देउवासँग भेटमा शाहले भारतीय सीमा अतिक्रमण र नयाँ नक्सामा नेपालको भूमि समावेशपछि नेविसंघले गरिरहेको सडक प्रदर्शनबारे जानकारी गराएको हरियाली नेपाललाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड